FLASH NEWS

मच्छिन्द्र माध्यमिक विद्यालयको ५६औँ वार्षिक उत्सव सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन २७, बुधबार (१ महिना अघि)
  • ४१५

    Shares

मच्छिन्द्र माध्यमिक विद्यालयको ५६औँ वार्षिक उत्सव सम्पन्न

धादिङको धुनिवेशी नगरपालिका–७ खानीखोलामा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयले आफ्नो ५६औँ वार्षिक उत्सव बुधबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेखर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने उपप्रमुख सुरज उप्रेती विशेष अतिथिका रूपमा रहनु भएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

त्यस्तै, कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा विविध प्रस्तुति प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस