FLASH NEWS

आजको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ फागुन २५, सोमबार (१ महिना अघि)
  • १३८

    Shares

आजको मौसम कस्तो रहला ?

काठमाडौं : सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

यसैगरी, सोमबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस