
६०
Shares
काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यस प्रणालीको प्रभावले देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग र बाँकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्ने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।









