
४०
Shares
धादिङ : पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।



घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनाको धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत चरौदी नजिकैको चाइनाधाराबाट आज बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खसेको हो। जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १८ जनाको मृत्यु भएको छ, जसमा ४ जना महिला रहेका छन्।
अन्य २५ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिनुभयो। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।
उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासी सहभागी भएका थिए। घटना राति भएकाले उद्दार कार्यमा कठिनाइ भएको जनाइएको छ।






