
१४९
Shares
खानिखोला: आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्त र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सञ्चालन गरिएको “निर्वाचन प्रहरी अनुशिक्षण” तालिम सम्पन्न भएको छ।



इलाका प्रहरी कार्यालय खानिखोला तथा मातहत प्रहरी चौकी महादेववेशी द्वारा २७ गतेसम्म सञ्चालन भएको १० दिनको उक्त तालिम आज एक कार्यक्रमबीच समापन गरिएको हो। तालिममा शारीरिक तन्दुरुस्ती, प्रारम्भिक स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ता परीक्षामा उत्तीर्ण भएका निर्वाचन प्रहरीहरू सहभागी थिए।
तालिममा निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी, आचारसंहिता, भीड नियन्त्रण, मतदान केन्द्र सुरक्षा तथा आपतकालीन अवस्थाको व्यवस्थापनबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। यस तालिमले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको क्षमता अभिवृद्धि हुने विश्वास लिइएको छ।
समापन कार्यक्रममा सहभागी प्रहरीहरूलाई आगामी निर्वाचनमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिइएको थियो।






