FLASH NEWS

बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ माघ २३, शुक्रबार (३ घण्टा अघि)
  • १०४

    Shares

बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

तस्विर : सामाजिक संजाल

काठमाडौं: सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बिहीवार राति जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

दुर्घटनामा आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने घाइतेमध्ये थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घटनामा ३६ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस बिहीवार राति करिब ८ बजेतिर पुर्चौडी नगरपालिका–७ बडगाउँस्थित मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस