FLASH NEWS

थाक्रे गाउँपालिकामा AI X-RAY सहित सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १९, सोमबार (३ महिना अघि)
  • ३३७

    Shares

थाक्रे गाउँपालिकामा AI X-RAY सहित सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न

धादिङ : थाक्रे गाउँपालिका–६ स्थित महादेवबेसी स्वास्थ्य चौकी र थाक्रे गाउँपालिका–५ को नाङशाल आधारभूत स्वास्थ्य सेवा केन्द्रमा AI X-RAY प्रविधिसहित सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम माघ १७ र १८ गते सञ्चालन गरिएको हो। थाक्रे गाउँपालिका स्वास्थ्य शाखा, महादेवबेसीको आयोजनामा तथा जनस्वास्थ्य कार्यालय धादिङ र JANTRA नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममार्फत स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। आयोजकका अनुसार दुईदिने कार्यक्रममा ५२६ जनाले सेवा लिएका छन्। AI X-RAY प्रविधिको प्रयोगले क्षयरोगको प्रारम्भिक पहिचान सहज र प्रभावकारी भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

कार्यक्रममा सम्भावित क्षयरोगका बिरामीहरूको पहिचान गरी आवश्यक थप परीक्षण, परामर्श तथा उपचार सेवामा समन्वय गरिने जानकारी पनि दिइएको छ।

समुदायस्तरमै पुगेर क्षयरोगको प्रारम्भिक पहिचान, समयमै उपचारमा पहुँच पुर्‍याउने तथा क्षयरोगको संक्रमण फैलिन नदिनु रहेको साथै, आधुनिक प्रविधि AI X-RAY को प्रयोगमार्फत ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु र जनचेतना अभिवृद्धि गर्नु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस