FLASH NEWS

आजको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ माघ १७, शनिबार (६ घण्टा अघि)
  • ५२

    Shares

आजको मौसम कस्तो रहला ?

काठमाडौँ :   हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस