FLASH NEWS

आज यी स्थानमा वर्षाको सम्भावना ?

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १४, बुधबार (८ घण्टा अघि)
  • १४८

    Shares

आज यी स्थानमा वर्षाको सम्भावना ?

काठमाडौँ:  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण बदली रहनेछ। बाँकी पहाडी तथा तराईका भूभागमा साधारणतया बदली रहने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बागमती, मधेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस