FLASH NEWS
मौसम पूर्वानुमान

आज देशभरको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १२, सोमबार (७ घण्टा अघि)
  • ६२

    Shares

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं :  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यो क्रम मध्यान्नसम्म रहनेछ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

आज राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस