FLASH NEWS

नेकपा एमाले नेशनल भोलिन्टियर फोर्सको बागमती प्रदेश स्तरीय भेलाबट भुवन श्रेष्ठ प्रदेश कमाण्डमा चयन

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८२ माघ ११, आईतबार (८ घण्टा अघि)
  • ३७

    Shares

नेकपा एमाले नेशनल भोलिन्टियर फोर्सको बागमती प्रदेश स्तरीय भेलाबट भुवन श्रेष्ठ प्रदेश कमाण्डमा चयन

नेकपा (एमाले) को नेशनल भोलिन्टियर फोर्स बागमती प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्डर घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमबाट धादिङका भुवन श्रेष्ठ बागमती प्रदेश कमाण्डरमा चयन भएका छन्। यस्तै, आकाश लामा र विकास लामा सह–कमाण्डरमा चयन भएका छन्। भेलामार्फत बागमती प्रदेश अन्तर्गतका ६६ वटै स्थानीय तहमा कमाण्ड संरचना विस्तार गर्दै पालिका कमाण्डरहरूको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा निर्वाचित कमाण्डर तथा पदाधिकारीहरूलाई बधाई दिँदै संगठनलाई अझ सुदृढ, अनुशासित र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिएको थियो।

उक्त कार्यक्रम नेकपा (एमाले) का केन्द्रीय सचिव तथा बागमती प्रदेश संयोजक महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता पुष्पा श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन सञ्जीव ढकालले गर्नुभएको थियो।

कार्यक्रम शुक्रबार (९ गते) धुलिखेल नगरपालिका–स्थित सभा हल, धुलिखेल, काभ्रेमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी तथा संगठनका प्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस