FLASH NEWS

‘एकले अर्कालाई निषेध गर्दैनौँ’ – ओली र भण्डारीको प्रतिबद्धता

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण ४, आईतबार (८ घण्टा अघि)
  • ६१

    Shares

‘एकले अर्कालाई निषेध गर्दैनौँ’ – ओली र भण्डारीको प्रतिबद्धता

काठमाडौँ :      प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेत्री विद्या भण्डारीले सहमतिबाटै समस्या समाधान गर्ने जानकारी दिनु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको एक्लाएक्लै वार्ताका क्रममा दुई नेताहरूबीच एकले अर्कोलाई निषेध नगरी सहमति र समझदारीमा अघि बढ्ने निष्कर्ष निस्केको हो। छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्ध अघि बढाउने बताउनु भयो।

दुई नेताहरूले आज आफूलाई लागेका कुरा खुलेर राखेको र एकले अर्कालाई निषेध गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमत भएको बताउनु भयो। अब पार्टीमा हुने गतिविधि सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको पनि बताउनु भयो।

उहाले भन्नु भयो ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ। अब कुनैपनि हालतमा एकले अर्कालाई निषेध गरेर अघि जानसक्ने परिस्थिति बन्दैन। हामी जे गर्छौं सहमति र छलफलबाटै टुंग्याउँछौँ भन्नुभएको छ।’

प्रचार विभाग प्रमुख गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको बताउनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस