FLASH NEWS

एमाले सचिवालय बैठक आज बस्दै

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १, बिहिबार (१७ घण्टा अघि)
  • ५३

    Shares

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ:    नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तयारीका सन्दर्भमा एजेन्डा तय गर्नका लागि आजको बैठक बोलाइएको हो।

पार्टी स्रोतका अनुसार बैठकमा भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारी प्रमुख एजेन्डा हुनेछ। महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरिने छन्।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले तथा विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी गरिएको छ।

पार्टीभित्र हाल ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालसम्बन्धी प्रावधानबारे गम्भीर बहस चलिरहेको छ। यिनै मुद्दामा स्पष्ट नीति बनाउन सचिवालय बैठकमा घनिभूत छलफल हुने बताइएको छ।

विधान महाधिवेशनले पार्टीको आगामी रणनीति र संरचना सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने भएकाले आजको सचिवालय बैठकको राजनीतिक महत्व उच्च छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस