FLASH NEWS

आज चैते दशैं, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २३, शनिबार (१ साल अघि)
  • ६१६

    Shares

आज चैते दशैं, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

धादिङ: आज चैत्र शुक्ल अष्टमी । शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी देश भर चैतेदशैँ पर्व मनाइँदै छ।

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा मात्र देवीको आराधना गर्छन्।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।
शक्तिस्वरूप भगवतीको शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस