FLASH NEWS

एमालेले सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २१, बिहिबार (१ घण्टा अघि)
  • १६

    Shares

एमालेले सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ।

पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा उक्त योजनाबारे जानकारी गराइएको हो।

पार्टीका अनुसार जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सङ्गठनलाई तल्लो तहसम्म प्रभावकारी र गतिशील बनाउने उद्देश्यले सदस्यता प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्न लागिएको हो।

कार्यक्रममा पार्टीका सचिव डा. राजन भट्टराईले पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन तथा जनसम्पर्कलाई डिजिटल माध्यमबाट व्यवस्थित रूपमा सञ्चालन गरिने बताउनुभयो। उहाँले डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै पार्टी गतिविधिलाई आधुनिक र प्रभावकारी बनाइने उल्लेख गर्नुभयो।

त्यसैगरी, पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना, क्षमता र दक्षता अभिवृद्धिका लागि वडा तथा पालिका स्तरमै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

पार्टीका सचिव भानुभक्त ढकालले सदस्यता तथा अन्य महत्वपूर्ण दस्तावेजलाई प्राकृतिक विपद् वा अन्य सम्भावित जोखिमबाट सुरक्षित राख्न, साथै कामलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन सदस्यता प्रणालीलाई डिजिटल बनाउनु आवश्यक रहेको बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस