FLASH NEWS

बेनी–जोमसोम सडक रातीको समयमा बन्द रहने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २०, बुधबार (१ महिना अघि)
  • १००

    Shares

बेनी–जोमसोम सडक रातीको समयमा बन्द रहने

फाइल तस्विर

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेपछि सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडक मुस्ताङ हुँदै मुक्तिनाथ र कोरला नाकासम्म पुग्ने प्रमुख मार्ग हो। वर्षाका कारण सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा यातायात सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस