FLASH NEWS

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १८, सोमबार (१ घण्टा अघि)
  • २७

    Shares

देशका केही स्थानमा आज  भारी वर्षाको सम्भावना

काठमाडौंः देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी वाग्मती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेस, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

यस्तै, हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस