FLASH NEWS

आज प्रतिनिधिसभा बैठक बस्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • २०

    Shares

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। १४ दिनपछि बस्न लागेको बैठकमा अर्थसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्तावदेखि शोक प्रस्तावसम्मका विषय कार्यसूचीमा रहेका छन्।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक १४ दिनपछि बस्न लागेको हो। यसअघि प्रतिनिधिसभाको बैठक असार ३१ गते बसेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस