FLASH NEWS

थाक्रेमा नागरिक मञ्चको क्षमता अभिवृद्धि तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १३, बुधबार (२ घण्टा अघि)
  • २९

    Shares

थाक्रेमा नागरिक मञ्चको क्षमता अभिवृद्धि तालिम सुरु

थाक्रे: ICDC नेपाल अन्तर्गत परियोजना स्थानीय अधिकार कार्यक्रम LRP 43 Actionaid नेपालको आर्थिक सहयोगमा  सञ्चालित कार्यक्रम अभियान, पैरवी तथा एजेन्डा निर्धारणलाई प्रभावकारी बनाउने उद्देश्यले थाक्रे गाउँपालिकाको नागरिक मञ्चको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
थाक्रे गाउँपालिका–८ स्थित न्यू पाथीभरा होटलमा सुरु भएको उक्त तालिम साउन १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। तालिममा नागरिक मञ्चका प्रतिनिधिहरूको नेतृत्व क्षमता अभिवृद्धि, प्रभावकारी अभियान सञ्चालन, स्थानीय तहसँग पैरवी गर्ने सीप, अधिकारमुखी कार्यक्रम सञ्चालन तथा एजेन्डा निर्माणलगायत विषयमा सहजीकरण गरिने जनाइएको छ।

कार्यक्रमबाट स्थानीय नागरिकको सहभागिता अभिवृद्धि भई सुशासन, जवाफदेहिता तथा नागरिक अधिकार प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
उक्त तालिमको सहजीकरण सोनालाल चौधरीले गरिरहनुभएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस