FLASH NEWS

फिफा विश्वकपअन्तर्गत ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ३१, आईतबार (१ महिना अघि)
  • १५८

    Shares

फिफा विश्वकपअन्तर्गत ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा

काठमाडौँ : फिफा विश्वकपअन्तर्गत ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।

अमेरिकाको न्यु जर्सीस्थित रंगशालामा आज बिहान भएको खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका हुन्।

खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि ब्राजिलले जवाफी गोल फर्कायो। ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा समाप्त भयो।

विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच भएको यो दोस्रो भेट हो।

यसै समूहको अर्को खेलमा हाइटी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार आज बिहान ६:४५ बजे अमेरिकाको बोस्टनमा हुनेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस