FLASH NEWS

प्रेस स्वतन्त्रता र समान विज्ञापन वितरणको माग गर्दै पत्रकार महासंघ धादिङको धर्ना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २७, बुधबार (३ महिना अघि)
  • २०३

    Shares

प्रेस स्वतन्त्रता र समान विज्ञापन वितरणको माग गर्दै पत्रकार महासंघ धादिङको धर्ना

धादिङ: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा, सूचनामा समान पहुँच सुनिश्चित गर्न तथा सरकारी विज्ञापन वितरणमा देखिएको विभेदको अन्त्यको माग गर्दै नेपाल पत्रकार महासंघ धादिङ शाखा ले जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएको छ।

धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले “मिडिया विरोधी सरकारी नीति खारेज गर”, “प्रेस स्वतन्त्रता जिन्दावाद”, “निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

महासंघले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यमप्रति समान व्यवहार तथा सूचनाको अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ। धर्नामा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस