FLASH NEWS

आज पनि सातै प्रदेशमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २७, बुधबार (८ घण्टा अघि)
  • ३१

    Shares

आज पनि  सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं:  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तातो दिन (हीट वेभजस्तै अवस्था) रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली भूभाग, सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस