FLASH NEWS

आज सातै प्रदेशमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २६, मंगलबार (२ घण्टा अघि)
  • ३१

    Shares

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ :   हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनीको तराई, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना छ।

आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस