













२७
Shares
काठमाडौं : विपक्षी दलहरूको अवरोधका कारण एक सातादेखि स्थगित रहेको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ।



आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरिनेछ। साथै, विभिन्न विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि तय गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित “आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।
त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्नेछन्। उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुका साथै उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची रहेको छ।






