FLASH NEWS

नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २३, शनिबार (२ घण्टा अघि)
  • ३३

    Shares

नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

धादिङ:   नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ लाई उत्कृष्ट जिल्ला शाखाको रूपमा घोषणा गर्दै सम्मान गरेको छ।
पत्रकारहरूको हक, हित तथा पेसागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुका साथै सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्याङ्कनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो।
बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण, सदस्य व्यवस्थापन, संस्थागत गतिविधि सञ्चालन र पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै धादिङ शाखालाई यो सम्मान प्रदान गरिएको प्रदेश समितिले जनाएको छ।
उक्त  सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको जिल्ला शाखा धादिका अध्यक्ष सिताराम अधिकारिले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस