FLASH NEWS

‘विश्व वातावरण दिवस २०८३ को अवसरमा महादेवसी बजारमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २२, शुक्रबार (१ महिना अघि)
  • १२१

    Shares

‘विश्व वातावरण दिवस २०८३ को अवसरमा महादेवसी बजारमा वृक्षारोपण कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवस २०८३ को अवसरमा थाक्रे गाउँपालिका–६ स्थित महादेवसी बजार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा गाउँपालिका, टोल विकास संस्था तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता र समन्वय रहेको थियो।
“आज रोपेको बिरुवा, भोलिको स्वच्छ वातावरण” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारी र सचेतनाको भावना थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
स्थानीय स्तरमा हरियाली विस्तार गर्दै स्वच्छ, स्वस्थ र वातावरणमैत्री समाज निर्माणमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस