FLASH NEWS

मौसमी प्रणालीको असर कायमै, आज यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ १३, बुधबार (१ घण्टा अघि)
  • २४

    Shares

मौसमी प्रणालीको असर कायमै, आज यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ :    हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस