FLASH NEWS

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने यस्तो छ कार्यसूची

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ३१, बिहिबार (१ घण्टा अघि)
  • २९

    Shares

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार नबनेको भन्दै प्रतिनिधिसभा बैठक प्रभावित बनेको छ। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिनसमेत प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि विपक्षी दलहरूले नाराबाजी गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको विषयको चर्को आलोचना भइरहेको छ।

यसका कारण बुधबार नै पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो। संसद्को कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकाएर बुधबार निर्णयार्थ प्रस्तुत गर्ने तयारी थियो।

तर, बैठक शून्य समयमा मात्रै कार्यसूचीअनुसार सञ्चालन हुन सक्यो। सभामुख डीपी अर्याल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएपछि विपक्षी दलका सांसदहरूले उठेर नाराबाजी गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथि जवाफ दिने दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले मुख्य एजेन्डा बनाउँदै बैठक अवरोधसमेत गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले यसअघि नै आकस्मिक समय लिएर रुलिङमार्फत प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने माग गरेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस