










३६
Shares
धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको महेशदोभान नजिकै दुई बस र एक ट्रक एकआपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४८८ नम्बरको बस, काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७१६ नम्बरको बस र सोही दिशातर्फ गइरहेको बा ३ ख २०५६ नम्बरको ट्रक गएराति करिब ११ बजे आपसमा ठोक्किएका थिए।
दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको तथा १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङ का सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
घाइतेहरूको बैरेनी अस्पतालमा उपचार भइरहेको छ।









