FLASH NEWS

आजपनि मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २७, आईतबार (१ महिना अघि)
  • १२४

    Shares

आजपनि मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने

काठमाडौंः जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा, साथै कोशी प्रदेशको तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग तथा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस