FLASH NEWS

आज यी स्थानमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २१, सोमबार (१ घण्टा अघि)
  • ४३

    Shares

आज यी स्थानमा  हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं :    केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति दुवै समयमा वर्षा हुने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै हिमाली र पहाडी भूभागका केही स्थानमा, तथा तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्छ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। साथै, दक्षिणतिर पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावका कारण पछिल्ला केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस