
१४०
Shares
काठमाडौं : नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका कारण बिहीबार देशका केही स्थानहरूमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार, दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रहनेछ। कोसी र मधेस प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।






