FLASH NEWS

देशभर चट्याङसहित पानी पर्ने ,उच्च सतर्कता अपनाउन आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख १६, बुधबार (२ घण्टा अघि)
  • ३७

    Shares

देशभर चट्याङसहित पानी पर्ने  ,उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं :    देशभर आज बुधबार चट्याङसहित मध्यमदेखि भारी वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

राति, कोसी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

विभागले सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान गरेको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस