







३९
Shares
धादिङको थाक्रे गाउँपालिका–९ पिपलचौरमा रहेको आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.ले अचार बनाउने तालिम सम्पन्न गरेको छ।



राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ गजुरी, धादिङको आर्थिक सहयोग तथा सहकारी संस्थाको आयोजनामा सुरु गरिएको उक्त तालिम ८ गते सम्पन्न भएको सहकारीका अध्यक्ष प्रमिला पण्डितले ‘टोलटोलको खबर’सँगको कुराकानीमा बताउनु भयो।

तालिममा रजनी लामाले सहजीकरण गर्नु भएको थियो भने विभिन्न प्रकारका अचार बनाउन सिकाइएको व्यवस्थापक सोभिता दाहालले बताउनुभयो।

उक्त तालिमले स्थानीय महिलाहरूलाई उधमी बनाउदै आयआर्जनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
साथै सहकारी ले अब अचार बजारमा लेराउने बताएको छ ।






