FLASH NEWS

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ६, आईतबार (४ दिन अघि)
  • ८३

    Shares

आज यी स्थानमा  चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ:    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल देखिएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना छ।

आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस