FLASH NEWS

धादिङमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता बैशाख ४ देखि शुरु हुने

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ३, बिहिबार (२ दिन अघि)
  • ४७

    Shares

धादिङमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता बैशाख ४ देखि शुरु हुने

धादिङमा जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला क्रिकेट संघ धादिङले बैशाख ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तालिका सार्वजनिक गरेको जनाएको छ। बेनीघाट रोराङ गाउँपालिकाको विशालटार खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक रहेका छन् भने समूह ‘बी’ मा नीलकण्ठ, धुनीबेशी, गजुरी र गल्छी गाउँपालिका समावेश छन्। सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल बेनीघाट रोराङ र त्रिपुरासुन्दरीबीच हुनेछ भने दोस्रो खेल ज्वालामुखी र सिद्धलेकबीच हुने आयोजकले जनाएको छ।

जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कँडेलले क्रिकेट खेलमार्फत धादिङलाई अब्बल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “छोटो समयमा नेपाली क्रिकेटले मारेको फड्को सुखद रहेको छ। यस्ता प्रतियोगिताले धादिङको क्रिकेट क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।”

उनका अनुसार संघले विभिन्न चरणमा क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएको छ, जसले स्थानीय स्तरमा खेलाडी उत्पादनदेखि प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण सिर्जना गर्नेछ।

प्रतियोगिताका विजेताले नगद रु ५० हजार प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस