





५९
Shares
हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेश का पहाडी तथा हिमाली भूभागका साथै बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का हिमाली भूभागका एक/दुई स्थानमा हाल हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश का पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा गण्डकी प्रदेश का पहाडी भूभागलगायत अन्य हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।






