FLASH NEWS

 आजदेखि विक्रम संवत् २०८३ सुरु, देशभर नयाँ वर्षको उल्लास

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख १, मंगलबार (३ दिन अघि)
  • ६३

    Shares

 आजदेखि विक्रम संवत् २०८३ सुरु, देशभर नयाँ वर्षको उल्लास

आजदेखि विक्रम संवत् २०८३ सुरु भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहिआएको छ। विश्वकै प्राचीन संवत्हरूमध्ये एक मानिने विक्रम संवत्को आज पहिलो दिन हो। यस अवसरमा देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने भएकाले वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि परेको छ। सूर्यको गतिसँग सम्बन्धित भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत रहेको विद्वानहरूको भनाइ छ।

नयाँ वर्षको पहिलो दिन मानिसहरूले विगत वर्षको समीक्षा गर्दै सफलता दोहोर्याउने र असफलता सुधार गर्ने सङ्कल्प लिन्छन्। बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मन्दिरमा पूजाआराधना गर्ने, मीठा परिकार खाने र आफन्त तथा मित्रहरूसँग भेटघाट गर्ने परम्परा पनि कायम छ।

देशविदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन्।
नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिँदै देशको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस