FLASH NEWS

आज केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २९, आईतबार (५ दिन अघि)
  • ६५

    Shares

आज केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात

काठमाडौंः  हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली भेगमा सामान्यतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति हिमाली भेगमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, यात्रु तथा यातायातका साधन सञ्चालनकर्तालगायत सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस