FLASH NEWS

धुनिवेशीमा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २८, शनिबार (१ हप्ता अघि)
  • १०९

    Shares

धुनिवेशीमा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सभा सम्पन्न

धुनिवेशी:      धादिङको धुनिवेशी नगरपालिकास्थित मच्छिन्द्र बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले क्याम्पसको शैक्षिक तथा संस्थागत विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

क्याम्पसका अध्यक्ष रघुनाथ पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख प्रमोद पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै सामुदायिक क्याम्पसलाई गुणात्मक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले मच्छिन्द्र क्याम्पसमा नयाँ तथा आकर्षक विषयहरू थप्न नसक्दा विद्यार्थी आकर्षण बढाउन चुनौती भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययनरत कुल विद्यार्थीमध्ये करिब ४० प्रतिशत विद्यार्थी सामुदायिक क्याम्पसबाट प्रतिनिधित्व भए पनि विश्वविद्यालयले यस्ता क्याम्पसलाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो। साथै, स्थानीय तहले जनशक्तिमा लगानी गर्नुपर्ने र बुहारी छात्रवृत्तिसँगै छोरी छात्रवृत्ति पनि सुरु गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा धुनिवेशी नगरपालिकाले केही वर्षदेखि ‘बुहारी शिक्षा छात्रवृत्ति’ सञ्चालन गर्दै आएको जानकारी गराइएको थियो। हाल क्याम्पसमा १८८ जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा स्ववियु सभापति समीर पाठक, विद्यार्थी करुणा क्षेत्री, पूर्व अध्यक्षहरू बच्चुराम उप्रेती र मुकुन्द थापालगायतले क्याम्पसका समस्या, सम्भावना र सुधारका विषयमा आ-आफ्ना धारणा राखेका थिए।

सो अवसरमा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो। कार्यक्रमका सभाध्यक्ष रघुनाथ पाठकले आफ्नो कार्यकालमा सक्दो योगदान दिएको उल्लेख गर्दै क्याम्पसको विकासका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस