FLASH NEWS

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २७, शुक्रबार (४ महिना अघि)
  • १६६

    Shares

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन हुँदै

काठमाडौं :  रामचन्द्र पौडेल ले आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।

नेपालको संविधान को धारा ९५ अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको हो।

संविधानको धारा ९५(२) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।

सङ्घीय संसद् सचिवालय ले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकका लागि सदस्यहरूलाई दिउँसो पौने ३ बजेसम्म उपस्थित भइसक्न सूचित गरिसकेको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस