FLASH NEWS

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २७, शुक्रबार (१ हप्ता अघि)
  • १०१

    Shares

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने तराई भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागसहित अन्य पहाडी र हिमाली क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस