





११३
Shares
|????????????????????????????????????????????????????????
काठमाडौं: नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा बेहोर्नु परेकाले नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।



निगमका अनुसार, गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले वृद्धि गरिएको छ।
यसैगरी, खाना पकाउने ग्यासको मूल्य पनि प्रति सिलिन्डर १०० रुपैयाँले बढाइएको छ।
निगमले मूल्यवृद्धिपछि पनि आफूलाई १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ बराबरको घाटा हुने अनुमान गरेको उल्लेख गरेको छ।






