












१६२
Shares
काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ७४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ४९४५ रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४८४५ रुपैयाँमा कारोबार भएको थियो।






