FLASH NEWS

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ फागुन २९, शुक्रबार (१ महिना अघि)
  • १०९

    Shares

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मुलुकमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ।

हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण, यातायातका साधन सञ्चालन गर्ने तथा ती भेगमा यात्रा गर्नेहरुलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस