FLASH NEWS

आजको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ माघ २९, बिहिबार (४ महिना अघि)
  • २४९

    Shares

आजको मौसम कस्तो रहला ?

काठमाडौँ :   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस