FLASH NEWS

गल्छी गाउँपालिका–८ रानिमालामा विशेष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ २२, बिहिबार (७ महिना अघि)
  • ३८४

    Shares

गल्छी गाउँपालिका–८ रानिमालामा विशेष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

गल्छी गाउँपालिका–८ रानिमालामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। गल्छी तामाङ समाज तथा निङ्गमा सेडुब दार्जिलिङ असारे गुम्बाको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रम यही माघ २४ गते शनिबारका दिन सञ्चालन हुनेछ।

२८६२ ता ल्हो (घोडा वर्ग) को अवसरमा आयोजना हुन लागेको कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, परम्परा तथा सांस्कृतिक झल्किने विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानिय तथा रास्ट्रीय कलाकारको प्रस्तुति रहेने कार्यक्रममार्फत स्थानीय कला, संस्कृति संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

आयोजक संस्थाले स्थानीयवासी, संस्कृति प्रेमी तथा पर्यटकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन अनुरोध गरेको छ।

उक्त कार्यक्रमको मिडिया पार्टन भने टोलटोलको खबर ( www.toltolkokhabar.com )  रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस