FLASH NEWS

थाक्रे–१० केवलपुरमा दुईदिने निःशुल्क आँखा शिविर सम्पन्न, ५ सय ८८ जनाले लिए सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १९, सोमबार (८ महिना अघि)
  • ५११

    Shares

थाक्रे–१० केवलपुरमा दुईदिने निःशुल्क आँखा शिविर सम्पन्न, ५ सय ८८ जनाले लिए सेवा

थाक्रे : धादिङको थाक्रे गाउँपालिका–१० स्थित केवलपुर स्वास्थ्य चौकीमा दुईदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। १८ र १९ गते सञ्चालन गरिएको उक्त आँखा शिविरबाट जम्मा ५सय ८८ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।

रोटरी क्लब अफ गोंगबु, प्रेसिडेन्ट रोटरी एक्सन ग्रुप २०२५/२६ को आयोजनामा तथा नेपाल आँखा अस्पताल, श्रीयासी इन्टरप्राइजेज प्रा.लि., थाक्रे गाउँपालिका, प्रेसिडेन्ट एक्सन ग्रुप वर्ष २०१५/१६, आर.सि.सि. केवलपुर र महिला साना किसान कृषि सहकारी संस्था लि.को सह–आयोजनामा शिविर सञ्चालन गरिएको हो।

शिविरका क्रममा मोतिविन्दु देखिएका २८ जना बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि २० गते मंगलबार धुनिबेशी नगरपालिका–७ स्थित नगर अस्पताल लगिने व्यवस्था गरिएको केवलपुर स्वास्थ्य चौकीकी प्रमुख झुमा मुक्तानले टोलटोलको खबरलाई जानकारी दिनुभएको छ।

साथै उक्त शिविरमा निशिल्कु औसधि वितरण र चस्मा वितरण गरिएको कार्यक्रममा थाक्रे ९ का वडा अध्यक्ष श्याम आचार्यले समापन गर्नु भएको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस