FLASH NEWS

आज कस्तो रहला मौसम ?

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १३, मंगलबार (२ महिना अघि)
  • १९१

    Shares

आज कस्तो रहला मौसम ?

काठमाडौँ : पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी र मधेश प्रदेशका तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ। हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्नेछ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराई भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस