FLASH NEWS

धुनिवेशी ५ पुरानी धार्केमा भुवनेश्वरीको जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ९, शुक्रबार (३ घण्टा अघि)
  • ७४

    Shares

धुनिवेशी ५ पुरानी धार्केमा भुवनेश्वरीको  जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५, पुरानो धार्केमा भुवनेश्वरी जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

भुवनेश्वरी जात्रा समितिको आयोजनामा आज ९ गते बेलुकी र भोलि १० गते दिउँसो जात्रा लाग्ने समितिले जनाएको छ। १० गते दिउँसोको जात्राको अवसरमा मन्दिर प्राङ्गणमा विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने समितिले जनाएको छ।

कार्यक्रममा सरोज लामिछाने, सानु केसी, सविता ढुङ्गाना, उद्धव कार्की र लक्ष्मी दर्नाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।

उक्त भुवनेश्वरी जात्रा तथा सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आयोजक समितिले सम्पूर्णमा हार्दिक अनुरोध समेत गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस